विराटनगर । शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा मेयर कोइरालाले स्कुल ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैैै मेयर कोइरालाले नारायणप्रसाद कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत भएको चर्चा गरे ।

उनले विराटनगरको राजनैतिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रमा कोइरालाको अतुलनीय योगदान रहेको बताए । ‘उहाँ मेरो राजनीतिका प्रेरणाका स्रोत हुनुहुन्थ्यो,’ मेयर कोइरालाले भने, ‘उहाँकै कारणले म राजनीतिमा लागेको हुँ, विराटनगरको समाजले उहाँलाई सधैं सम्झिरहनेछ ।’

मेयर कोइरालाले शिक्षाको विकासमा महानगरपालिका गम्भीर रहेको बताए । कार्यक्रममा विराटनगर वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर महागरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, विद्यालयका प्रअ योगेन्द्र कार्की, पूर्वप्रअ डिल्ली पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य अनुजा कोइरालालगायतले सरस्वती विद्यालयको स्नरोन्नति र विकासमा नारायणप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताएका थिए ।
3
Shares
१२ पुष २०७९, मंगलवार ०९:१०