बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागिताका लागि प्रस्थान हुने खेलाडीहरूलाई बिदाइ गरिएको हो।
बंगलादेशमा डिसेम्बर २७ देखि २९ सम्म प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीसहित विभिन्न सङ्घसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले बिदाइ गरेका हुन्।बंगलादेश प्रस्थान गरेको टोलीमा प्रशिक्षक विनोद शाक्य, रेफ्री बमबहादुर श्रेष्ठ, टिम मेनेजर अबिसा शाक्य कुबेरमान राई र बाबुराम श्रेष्ठ अफिसियलसहित खेलाडीहरू प्रमोद राई, अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य, विकास केसी, नुदेन साम्पाङ राई, आशिष् राई, कर्मा लामा, कार्साङ्ग तामाङ, नवीन पुन मगर, प्रकाश ओली, विवेक गुरुङ र दीपक खड्का छन्।