काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी दैलेखकी एक महिलाको गाडी दुर्घटनामा ज्यान गएको छ । नारायण नगरपालिका वडा ७ किमुगाउँकी २७ वर्षीया शान्ति मल्लको ज्यान गएको हो ।

दुबईको रसअल खैमाहमा रहनुभएका मृतकका मामा हर्कबहामदुर चन्दका अनुसार मार्केटिङको काम सकेर सडक पार गर्दा ओमनको मस्कट अमर भन्ने ठाउँमा कारको ठक्करबाट सोमवार उनको मृत्यु भएको हो ।

श्रीमान् झलकबहादुर शाहीले दोस्रो विवाह गरेपछि चार वर्षदेखि माइतीको संरक्षणमा बस्दै आएकी शान्ति दुई महिना अघिमात्र वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी थिइन् । उनका नौ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।
77
Shares
१२ पुष २०७९, मंगलवार ०६:०५