विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तेक्वान्दो संघलाई विघटन गरेको विरोधमा तालाबन्दी गरिएको हो । परिषद्ले संघलाई विघटन गरेर महासंघ बनाउने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको छ ।

तेक्वान्दो संघमा आवद्ध रहेका र संघका समर्थकले विराटनगरमा प्रदर्शनसमेत गरेका छन् ।

संघलाई महासंघ बनाउन नपाइने मुख्य माग राखेर खेलकुद विकास समितिमा तालाबन्दी गरिएको नेपाल तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवश नेपालले बताए ।

संघ विघटन फिर्ता हुनुपर्ने मागसहित प्रदर्शन र तालाबन्दी गरिएको उल्लेख गर्दै नेपालले राष्ट्रिय खेलकुद परिषद्लाई ज्ञापनपत्रसमेत बुझाइएको बताए ।

लामो समयअघि स्थापना भएर दर्ता भइ नियम अनुसार खेलकुद गतिविधि गर्दै आइरहेका बेला विघटन गरेर संघको अस्तित्व मेटाउने प्रयास भएको उनको भनाइ छ ।

21
Shares
११ पुष २०७९, सोमबार १७:३१