विराटनगर । मोरङको केराबारीमा आफ्नै घरभित्र सोमबार दिउँसो युवक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय राम ऋषिदेवको शव घरको माथिल्लो तलाको कोठाभित्र फेला परेको हो ।

सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ओछ्यानमा उनी मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

डीएसपी टीकाबहादुर कार्कीका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा ३–४ दिनअघि नै मृत्यु भएजस्तो देखिने कार्कीले बताए । गाउँमा दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव फेला पारिएको थियो ।

पारिवारिक विवादपछि गत बिहीबार उनकी श्रीमती रेखा मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ ।

त्यसपछि उनी घरमा एक्लै बस्दै आएका थिए ।

56
Shares
११ पुष २०७९, सोमबार १७:२८