काठमाण्डौ र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ ।
काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ । यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो ।हिजो भएको खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स विजयी भएका थिए ।