नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिएका छन् ।‘ने.का सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ· उनले लेखेका छन् ।
नेतृत्वको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना भइरहेको छ ।गठबन्धनमा सहमति गर्न सकेको भए केन्द्रमा र प्रदेश सरकारहरुमा पनि पार्टीको पकड हुने थियो । तर नेतृत्वले अनावश्यक अडान राख्दा सबै गुमेको निष्कर्ष पार्टी नेताहरुको छ ।