विराटनगर महानगरपालिका वडा नं ७ ‘वडा बाल सञ्जाल’ले आफ्नो वार्षिक क्यालेन्डर अनुसार सोमबार (भोलि) प्रतियोगिता गर्न लागेको हो ।
सञ्जालका अध्यक्ष अशोक खतिवडाका अनुसार प्रतियोगितामा वडाभित्र रहेका ६ विद्यालयका टोलीको सहभागिता रहनेछ ।बाल मन्दिर आधारभूत विद्यालयमा आयोजना हुने प्रतियोगितामा कक्षा दशसम्मका विद्यार्थीले भाग लिने पाउने छन् ।
वडा नं ७ का वडा अध्यक्ष मधुबाबु तिवारीको प्रमुख आतिथ्य रहने प्रतियोगिताका विजेतालाई ट्रफी, प्रमाणपत्रसहित सम्मान गरिनेछ ।त्यसबाहेक, कार्यक्रममा विराटनगर महानगरपालिकामा भर्खरै गठन भएको नगर बाल सञ्जालका विजयी पदाधिकारीलाई बधाई ज्ञापन गरिने समेत कार्यतालिका रहेको छ ।