उक्त पोशाकलाई खरिद गर्न ओमानको संसदका एक सदस्यले १० लाख डलर दिने प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
ओमानका सांसद अहमद अल बार्वानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त पोशाकलाई १० लाख डलरमा खरिदको प्रस्ताव राखेका हुन्।उनले ‘द नेशनल’ सँगको कुराकानीमा मेस्सीको साप्ताहिक तलबभन्दा पनि कम रकमको लागि गरिएको उक्त प्रस्ताव मेस्सीले बिस्ट बेच्न चाहेको अवस्थामा बढाउन सकिने बताएका छन्।
अल बार्वानीले अरेबिक मुलुकको गर्वको विषयसमेत रहेको उक्त बिस्टलाई सधैं स्मरण रहोस् भनेर प्रदर्शनीमा राख्न चाहेको बताएका छन्।उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए।
यो पोशाकको विषयलाई लिएर केहीले मेस्सीको राष्ट्रिय टोलीको जर्सी छेकिएको भन्दै आलोचना गरेका थिए ।
केहीले अरब मुलुकले संस्कृतिलाई मेस्सीले सम्मान गरेको भन्दै उनको प्रशंसा गरेका थिए।