उनको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बस्नेतको जन्मथलो भोजपुरको दिंगलास्थित साल्मा हो ।
उनले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए। उनले आफ्नो जीवनकालमा थुप्रै सरकारी जिम्मेवारी सम्हालेका थिए ।सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री -२०२४_, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री -२०२५_, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।
उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए । बस्नेतका २ छोरा र १ छोरी छन् । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् ।