शनिबार महानगरको सभाहल भएको आठौं नगर बाल भेलाले झालाई निर्वाचित गरेको हो । सर्वसम्मत नभएपछि अध्यक्षसहितको पदाधिकारीमा निर्वाचन गरिएको थियो ।
त्यस्तै सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भए । त्यस्तै श्रुति पुडासाई, दर्शन पौडेल, खुशीकुमारी गुप्ता, निकिसा कर्ण, चञ्चल मण्डल, निधी चौधरी, सुमन यादव सदस्यमा चयन भएका छन् ।त्यस्तै अन्य सदस्यहरुमा काजल कामत, शिवम कर्ण, इन्द्र यादव, आस्था साह, तुसार गोइत, शमिम आलम, सुरजकुमार यादव, सुष्माकुमारी ठाकुर, रितेज विश्वकर्मा, कृष्टिना निरौला, विदिशा भट्टराई र आदर्श अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सञ्जालको संरक्षकमा महानगरका मेयर नागेश कोइराला छन् । नवनिर्वाचित झाले विराटनगरलाई नेपालमै पहिलो बालमैत्री महानगर बनाउनेगरी काम गर्ने प्रतिबद्धता जनाए । भेलामा महानगरका १९ वटै वडाबाट बाल प्रतिनिधिहरु सहभागी भएका थिए ।