धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी शुक्रबार जनकपुर आएका थिए ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो । त्यस अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।

पूजापाठपछि शाह यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए ।

पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि थिइन् ।

7
Shares
१० पुष २०७९, आईतवार ०७:४३