विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ ।

विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो ।

उपाधिसँगै डनबस्को स्कुलले २ लाख ५० हजार मूल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । खेलको दोस्रो हाफमा एकतर्फी खेल पस्केको डनबस्को लागि ४५ औँ मिनेटमा निकुस खतिवडाले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स भित्रबाट गरेको प्रहारले चाली चुमेको थियो ।

फाइनल खेलमा विधागततर्फ पनि डनबस्को स्कुलको वर्चस्व कायम रह्यो । प्रतियोगिताको वेस्ट मीड फिल्डर डनबस्को स्कुलका प्रशान्त खड्का घोषित भए । वेस्ट डिफेन्डर डनबस्को एनएस अधिकारी, वेस्ट गोलकिपर डनबस्को नैतिक बस्नेत, वेस्ट फरवड निकेश खतिवडा र वेस्ट कोच डनबस्को बिक्की कार्की भए ।
1.51k
Shares
९ पुष २०७९, शनिबार १७:२४