काठमाडौं । बलिउड अभिनेता अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि एकसाथ फिल्ममा देखिने भएका छन् । उनीहरु अनीस बज्मीको फिल्ममा देखिने भएका हुन् ।

कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

फिल्मको शीर्षक ‘चोर पुलिस’ राखिएको छ । अनिल फिल्मका लागि अनीस बज्मीको पहिलो रोजाइ थिए। त्यसपछि सुभाष घईले ज्याकीको नाम सुझाए । चलचित्रका लागि छिट्टै थप सेलिब्रेटीलाई पनि कास्ट गरिने जनाइएको छ ।

अनिल कपूर र ज्याकी श्राफले ‘परिंदा’, ‘कर्मा’, ‘राम लखन’ जस्ता १२ फिल्ममा सँगै काम गरेका छन् । ज्याकी र अनिल पछिल्लो पटक सन् २००१ मा रिलिज भएको फिल्म ‘लज्जा’ मा सँगै देखिएका थिए ।

77
Shares
८ पुष २०७९, शुक्रबार १६:११