काठमाडौ. । फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । काठमाडौंको वसन्तपुरबाट शुक्रबार फिल्मको छायांकन सुरु भएको हो ।

दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिएका थिए ।

दुई साता छायांकन गर्ने योजनासहित सुरु भएको फिल्म काठमाडौंभित्रै छायांकन गरिने जनाइएको छ ।

पहिलो चरणमा फिल्मको ८० प्रतिशत छायांकन पूरा भइसकेको थियो । त्यसको १० प्रतिशत दृश्य फेर्नुपर्ने भएकोले अहिले ३० प्रतिशत छायांकन हुने कलाकार समेत रहेका निर्माता दीपकराजले बताए ।

समसामयिक राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्मका निर्देशक हेमराज बिसी हुन् । फागुन १९ गते फिल्म प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदारप्रसाद घिमिरे छन् ।
119
Shares
८ पुष २०७९, शुक्रबार १६:०२