शोभराज १९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारबाट रिहा भएका छन् । रिहा भएका शोभराजलाई आजै अध्यागमन विभाग बुझाइएको थियो ।
अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई आजै फ्रान्स पठाइने जानकारी दिए ।सर्वोच्च अदालतले बुधबार १५ दिनभित्र डिपोर्ट (नेपाल छाड्ने) आदेश दिएको थियो । शोभराजलाई साँझको उडानबाट फ्रान्स पठाइने जनाइएको छ ।
सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैद हुनेगरी छुट्टाछुट्टै मुद्दा चलाइएको थियो ।शोभराजलाई ‘बिकिनी किलर’, ‘सिरियल किलर’ र ‘द सर्पेन्ट’ आदि विभिन्न उपनामले चिनिन्छ ।