मेलाको आज प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राईले आर्थिक क्षेत्र चलायमान बनाउन साथै सीप भएका युवाहरुलाई रोजगारीको अवसर दिन यस्ता मेला महत्वपूर्ण हुने बताए ।
मेला आयोजनामा सहयोग गर्नेमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, व्यावसायिक सीप तथा तालिम प्रदायक सङ्घ लगायत छन् ।शनिबारसम्म सञ्चालन हुने मेलाको उद्देश्य युवाहरुलाई रोजगारदातासँग सम्पर्क गराएर उनीहरुको सीप सदुपयोग गर्दै रोजगार बनाउनु रहेको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताए ।
स्थानीय सरस्वती माविको खेल मैदानमा आयोजित मेलामार्फत् समुन्नत दुहबी नगरपालिका निर्माणका लागि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराइने जानकारी दिइएको छ ।यसैगरी लघुउद्यमको माध्यमबाट परिष्कृत उद्यमशीलतामा प्रवर्धन गरी रोजगार र स्वरोजगारको अभिवृद्धि गराउने उद्देश्य पनि मेलाको रहेको जनाइएको छ ।
मेलाका अवसरमा स्थानीय आदिवासी जनजातिका मौलिक परिकार, स्थानीय लघु उद्यमीले उत्पादन गरेका सामग्रीहरुका स्टल पनि राखिएका छन् ।