सुनसरीको दुहबी नगरपालिका वडा १ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ मिल्स सञ्चालनमा आएको हो ।
उद्योग व्यवस्थापनले आज पत्रकार सम्मेलन आयोजना गरी उत्पादनको विषयमा जानकारी गराएको हो ।उद्योगका निर्देशक रमेश राठीका अनुसार उद्योगले बजरंग ब्रान्डको टिएमटी उत्पादन गर्छ । यसबाहेक बिलेटको व्यावसायिक कारोबार गर्नुका साथै छड, डिलेट, एंगल, च्यानल र आइबिमको उत्पादन गर्ने उनले बताए ।
नेपालका ९० प्रतिशत उद्योगले आफ्नै भट्टी राखेर आफैं ब्लेड उत्पादन गर्ने गरेको भन्दै उनले आफ्नो उद्योगको क्षमता दैनिक ५०० टन उत्पादन रहेको जानकारी दिए ।उद्योगले भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ आयात गरी अत्याधुनिक युरोपियन टेक्नोलोजीको प्रयोग गरी मजबुत, कम खिया लाग्ने र बढी लचकदार उत्पादन हुने गरेको जनाएको छ ।