विराटनगर । सुनसरीको दुहबीस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औँ स्थापना दिवसका अवसरमा आँखा परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्यो । ।

संस्थाको कार्यालय परिसरमा आज बिहीबकार आयोजित कार्यक्रममा ४ सय ५ जनाले आँखा परीक्षण गराएका थिए ।

शिविरमा आँखासम्बन्धी समस्या भएका दुहबी र आसपास ग्रामीण भेगका महिला तथा पुरुषहरुको सहभागिता थियो ।

सञ्चालक समिति अध्यक्ष मिलिराम चौधरीका अनुसार संस्थाले नियमित रुपमा सामाजिक काम गर्ने सिलसिलामा आज आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुले बिरामीको परीक्षण र प्रारम्भिक उपचार समेत गरेका थिए ।

आँखा जाँचका क्रममा मोतीबिन्दु भएका बिरामीलाई संस्थाले निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका थिए । त्यस अवसरमा १५औँ पटक रक्तदान गरेका मनोज सुतिहारलाई संस्थो सम्मान गरेको थियो ।

तीन हजार सदस्य रहेको सस्थाले दुहबी र आसपास क्षेत्रमा आर्थिक गतिविधि सञ्चालन गर्दै आएको छ । ३० करोड पुँजी रहेको संस्थाले बचतकर्ताहरुलाई जिविकोपार्जनका निम्ति ऋण समेत लगानी गर्दै आएको छ ।

21
Shares
७ पुष २०७९, बिहीबार १६:१७