काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । यसका लागि दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ ।

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।

कांग्रेसले बुधबार चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो । सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।

सत्तागठबन्धनलाई कायम राख्दै नयाँ सरकार गठन गर्ने देउवा र प्रचण्डको तयारी छ ।

माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेलगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकी छन् ।

14
Shares
७ पुष २०७९, बिहीबार ०९:०८