त्रिभुवन विमानस्थलबाट हुने आन्तरिकमात्र होइन बाह्य उडान पन िप्रभावित भएको छ ।
बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।प्रतिकूल मौसमका कारण नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उनले जनाए ।
आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ ।विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने जनाइएको छ ।