विराटनगर । भारतबाट तस्करी गरेर ल्याइएको ६ हजार किलो गहुँ प्रहरीले मोरङको जहदा ७ तारेगामामा बरामद गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले मंगलबार साँझ गहुँ बरामद गरेको हो ।

बरामद गरिएको गहुँ १ लाख ८० हजार मूल्य बराबरको छ ।

बोरामा प्याक गर्दै इन्जिनको भाग नभएको ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको थियो ।

गहुँको धनी कोही पनि नभेटिएको र गहुँ लोड गरिएको ट्याक्टरको इन्जिनको भागसमेत फेला नपरेका कारण उक्त गहुँ तस्करीको रहेको पुष्टि भएको प्रहरीको भनाइ छ ।

ट्याक्टरको ट्रलीसहित गहुँलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए ।
77
Shares
६ पुष २०७९, बुधबार १२:४९