सरिता कर्मकार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बजेटको सीमितताले सञ्चार क्षेत्रमा अपेक्षाकृत काम हुन नसकेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश १ समितिको दोस्रो वार्षिक साधारणसभा उद्घाटन अवसरमा मंगलबार उनले यस्तो बताएका हुन् ।

साधारणसभाको मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिप प्रज्वल गरी उद्घाटन गरेका थिए ।

उद्घाटन अवसरमा यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोलगायतको सहभागिता थियो ।

प्रदेश सरकारको बजेटको सीमितताले सञ्चार क्षेत्रमा चाहे अनुसारको काम गर्न नसकेको मुख्य मन्त्री राईले बताएका थिए ।

प्रदेश सरकारले पत्रकार महासंघको भौतिक विकासका लागि प्रतेक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेकोे उनले जानकारी दिए ।

लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका खेल्नु पर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुको सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यातायात तथा सञ्चार मन्त्री घिमिरेले पत्रकारको हित र अधिकारको लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए ।

आर्थिक मामिला मन्त्री आङ्बोले राजनीति तथा समाजको परिर्वतनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यस अवसरमा पत्रकार साथै पत्रकारका परिवारको स्वास्थ उपचारका लागि शुल्कमा केही प्रतिशत छुट गर्नका लागि न्युरो अस्पतालसँग सझौता गरिएको थियो ।

साधारणसभामा प्रदेश १ का विभिन्न जिल्लामा रहेका महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।

28
Shares
५ पुष २०७९, मंगलवार २०:१६