काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

सांसद ठाकुर गैरेका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने तयारी गरिएको छ ।

राप्रपामा लिङ्देन

यसैबीच, राप्रपा संसदीय दलको नेता अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।

मंगलबार बसेको दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

संघीय संसदमा राप्रपाका १४ जना सांसद छन्।

28
Shares
५ पुष २०७९, मंगलवार १७:२२