काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकमा रहेका कोइरालाले मंगलबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर यस्तो बताएका हुन् ।

आउँदो पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने उनले बताए ।

गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि आफूहरुले उनलाई संसदीय दलको नेतामा अगाडि सारेको कोइरालाको भनाइ थियो ।

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलमा निर्वाचन हुँदैछ ।

21
Shares
५ पुष २०७९, मंगलवार १७:०२