काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस संसदीय दलको नेताको लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् ।

महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बनेका छन् । उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल उनको समर्थकमा छन् ।

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् ।

संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

28
Shares
५ पुष २०७९, मंगलवार १६:०१