जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।
आज मंगलबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहनेछ।महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यस्तै, बुधबार र बिहीबार पनि प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक मौसम बदली रहने महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।