विराटनगर । विराटनगरका तीनवटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अर्पणका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १/१ गोल गरे ।
दोस्रो खेलमा वाल्मीकि स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी वाल्मीकि स्कुल क्वाटरफाइनलमा पुगेको छ । जितको लागि वाल्मीकिका सरोज साहले एक्लै दुई गोल गरेका थिए ।तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराउँदै सेन्टजोसेफ क्वाटरफाइनल पुगेको छ । जितको लागि सेन्टजोसेफका दिपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले समान १/१ गोल गरे ।
यस्तै सोमबारको अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित गर्यो । । जितका लागि जेम्सका तर्फबाट अंकित दाहाल, नीरव खड्का, डेबिट खड्काले १/१ गोल गरेका थिए । विराटको तर्फबाट ओएसिस तिम्सिना र रंजित दनवारले समान १/१ गोल गरे ।
मंगलबारको पहिलो खेल अर्पण र बिकेभिएम स्कुलबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल गोदावरी र मोर्डन एरा, तेस्रो खेल डनबस्को र ग्रेडेड, चौथो खेल वाल्मीकि र सेन्टजोसेफ, पाँचौ खेल मदरल्याण्ड र जेम्स स्कुलबीच प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
(प्रशिक्षार्थी)