काठमाडौं । भारत, विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पनि परेको छ । त्यसले गर्दा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बिहान तराईका कतिपय जिल्लाहरमा हुस्सु र कुहिरो छाएको थियो ।

सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी मुलुकका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

35
Shares
४ पुष २०७९, सोमबार १०:४०