गगन नुनिया

विराटनगर । विराट प्याब्सन फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आइतबार तेस्रो तालिकाको खेल सम्पन्न भएका छन् ।

बिहान मोर्डन एरा र एजेलियाका बीचको खेल भएको थियो । उक्त खेलमा मोर्डन एरा पाँच गोल गर्दै विजयी बन्यो । प्रतिस्पर्धी टिम एजेलियाले चार गोल गरेको थियो ।

दोस्रो खेलमा अरनिको र गोदावरीबीच प्रतिस्पर्धा भएको थियो । गोदावरीका एजन राईले गरेको एकमात्र गोलले टिम अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

यसैगरी प्यारागन र सिद्धार्थबीच भएको खेलमा सिद्धार्थका अमन गोसाई र सुजन माझीले दुई-दुई गोल गर्दै टिमलाई शून्यका विरुद्ध चार गोलले विजयी बनाए । प्यारागनका तर्फबाट एउटा पनि गोल हुन सकेन ।

पूर्वाञ्चल र मार्टसबीच भएको चौथो खेलमा पूर्वाञ्चलका श्रवण राम र कुशल कार्कीले एक-एक गोल गरेर टिमलाई दुई गोलले विजयी बनाए । मार्टसका तर्फबाट कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

आइतबारकोे अन्तिम खेलमा बिकेभिएम तीन गोलले विजयी भयो । बिकेभिएमका अनुप चौधरीलले २ र गुनान्न याबदले १ गोल गरेका थिए । पराजित टिम कान्तिपुरका विकास ऋषिदेव र गोपाल राजवंशीले एक–एक गोल गरेका थिए ।

प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठका अनुसार खेल नकआउटका आधारमा खेलाइएको हो ।

सोमबार डिएभी र जेम्स, कोसी र अर्पण, सिद्धार्थ र बाल्मीकि तथा देवकोटा र सेन्टजोसेफबीच खेल हुनेछ ।

84
Shares
४ पुष २०७९, सोमबार ०९:४५