काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल प्रत्यक्ष हेर्ने भएका छन् । उनले खेलाडी र शुभचिन्तकलाई साथ दिन आफू फाइनल खेल हेर्न कतार जाने बताएका हुन् ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले फाइनल खेल हेर्न कतार नजाने बताएका छन् । आइतबार अर्जेन्टिना र फ्रान्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

म्याक्रोनले लाखौं देशवासी जस्तै आफू पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिने उल्लेख गरेका छन् ।

‘म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु। हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ उनले ट्वीटरमा लेखेका छन्।

शनिबार भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया तेस्रो स्थान जित्न सफल भएको छ।

फ्रान्सका केही खेलाडी भाइरलबाट प्रभावित भएर बिरामी परेका छन्। उनीहरुले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने सम्भावना छ। ‘इएसपीएन’ का अनुसार राफेल भरान र इब्राहिम कोनाटे आइसोलेसनमा छन्।

विश्व च्याम्पियन हुने उपाधिको छिनोफानोका लागि फाइनल खेल आइतबार सकिएसँगै यसपटकको विश्वकप फुटबल समापन हुनेछ ।

35
Shares
३ पुष २०७९, आईतवार १५:५८