विराटनगर । आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरस्थित स्पार्क हस्पिटलले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटलले सातौं वार्षिकोत्सव मनाउने क्रममा निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गर्ने भएको हो ।

पुस १० गते अस्पताल परिसरमा शिविर आयोजना हुने जनाइएको छ । उक्त दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने अस्पतालका मार्केटिङ मेनेजर सञ्जीव कोइरालाले बताए ।

शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुःखाई, घुँडा, जोर्नीहरु दुख्ने, गर्धन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स जस्ता समस्याको परीक्षण गरिने भएको हो ।

यसैगरी, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिगएको, स्पोर्टस इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य समस्याहरुको परीक्षण र प्रारम्भिक उपचार हुने जनाइएको छ ।

परीक्षण र प्रारम्भिक उपचारपछि बिरामीहरुलाई औषधि पनि निःशुल्क दिइने कोइरालाले बताए ।

उक्त अस्पतालले दुर्गम क्षेत्रका तथा ६० वर्ष माथिका बिरामीहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने जनाएको छ ।

यसैगरी, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नुपर्ने विरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

वार्षिकत्सवको अवसर पारेर रक्तदान पुस १० गते रक्तदान कार्यक्रम पनि राखिएको कोइरालाले बताए ।

98
Shares
३ पुष २०७९, आईतवार १५:२४