काठमाडौं । प्रतिभाशाली अभिनेताका रुपमा स्थापित कलाकार विपिन कार्की ‘भष्मे डन’ बनेर फेरि पर्दामा आउने भएका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’मा विपिन देखिने भएका हुन् । उनले यसअघि खनालकै फिल्म ‘पशुपतिप्रसाद’ मा ‘भष्मे डन’ को चरित्रमा अभिनय गरेका थिए ।

निर्देशक खनाल र अभिनेता खगेन्द्र लामिछानेको निर्माण रहने फिल्मको पटकथा खगेन्द्रले तयार पारेका छन् ।

‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँको पनि ‘भष्मे डन’ मा अभिनय देख्न पाइनेछ ।

पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको निर्देशक खनालले बताएका छन् । यसअघि निर्देशक खनाल पशुपतिप्रसादको सिक्वेल बनाउने तयारीमा थिए ।

त्यो प्रोजेक्ट अहिले थाँती राखेर नयाँ फिल्म बनाउन लागेका हुन् । ‘भष्मे डन’ को छायांकन फागुनदेखि सुरु गर्ने तयारी रहेको उनले बताए ।

28
Shares
३ पुष २०७९, आईतवार ११:४३