कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा दर्शकको रुचिलाई बुझेर राम्रो निर्माण गरिएकाले हेरेर साथ दिन आग्रह गरे ।
कार्यक्रममा डिसेम्बर फल्स अभिनेता पल शाहको कथामा आधारित हो कि भन्ने प्रश्न सोधियो । तर निर्माण चलचित्रको टोलीले यसलाई इन्कार गरिदियो । सोधिएको प्रश्नको जवाफ दिँदै नायक सिग्देलले भने, ‘यो एउटा नर्सको जीवनमा भएको उतारचढावमा आधारित कथा हो । पल शाहको कथावस्तुलाई यसमा समेटिएको छैन । हाल भइरहेको अनुमान गलत हो ।’कार्यक्रममा उपस्थित भएका कलाकार शिवहरी पौड्यालले चलचित्र मरमसलाले भरिएको बताए ।
भारतीय निर्देशक प्रविण झाको निर्देशनमा निर्माण भएको चलचित्रमा आयर्न सिग्देल र उपासना सिंक ठकुरीको मुख्य भूमिका रहेको छ । त्यसबाहेक, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुले सिनेमामा अभिनय गरेका छन् ।बीपीका खनालको कथा, केदार भुषाल÷प्रतिक पौडेलको संवाद÷पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा÷कोसिस क्षेत्री÷सुशान्त गौतम÷प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल÷अशिम काफ्लेको कार्यकारी निर्माण छ ।