पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालका अनुसार तीनवटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको जानकारी दिएका छन् ।
नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि जनक शिक्षा सामग्री केन्द्रलाई छाप्न दिइने जनाइएको छ ।कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको छ भने कक्षा ८ का लागि तयारी भइरहेको जनाइएको छ ।
कक्षा ५ को पीआरसी जनक शिक्षालाई पठाइएसकेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागू हुनेछन् ।सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएपछि हरेक शैक्षिक सत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गरिंदै आएको छ ।
आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक सत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ ।
१० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेका छन् । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइसकेका छन् ।
विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागू गर्नुपर्छ । सोही आधारमा सरकारले नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो ।
यसअघि २०७६ सालमा पाठ्यक्रम परिवर्तन भएको थियो ।
शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् ।