नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।गत साता नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको थियो । गत शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको थियो ।
त्यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।