विराटनगर । मंसिर महिना विदा हुन लागेसँगै चिसो निकै बढेको छ । बिहीबार बिहान तराईमा बाक्लो हुस्सु लागेको छ । पहाडी क्षेत्रमा पनि मौसममा बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने विभागले जनाएको छ।

विराटनगरको मौसम बिहीवार न्यूनतम १२ सम्म पुग्ने अनुमान छ । अधिकतम तापक्रम भने २६ सम्म रहने जनाइएको छ ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
35
Shares
२९ मंसिर २०७९, बिहीबार ०७:४०