विराटनगर । रोजगारीका लागि दक्षिण कोरियामा रहेका सोलुखुम्बुका एक युवकको सुतेकै ठाउँमा ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार मृत्यु भएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

उनमा केही समययता उच्च रक्तचापको समस्या रहेको परिवारले जनाएको छ ।उनी ५ वर्षअघि रोजगारीका लागि त्यता गएका थिए ।

रोजगारीका लागि विश्वका विभिन्न मुलुक पुगेका नेपालीमध्ये त्यहीँ मृत्यु हुनेको संख्या बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशमा पुगेका १ हजार १३१ जना नेपालीको मृत्यु भएको तथ्यांक छ ।

त्यसअघिको वर्ष १ हजार २३५ जना नेपालीले विदेशमा ज्यान गुमाएका थिए।

98
Shares
२८ मंसिर २०७९, बुधबार ०९:४५