प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । दलहरूले समानुपातिकतर्फका सांसदको सूची आयोगमा बुझाइसकेका छन् ।
आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। त्यसपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले सभामुख र उपसभामुख चयन गर्नेछन् ।