अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटासमक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता बढिरहेको भन्दै तत्काल निर्वाचन मिति घोषणा गर्न माग गरिएको छ ।अनेरास्ववियु अध्यक्ष सुनिता बरालको टोलीले विश्वविद्यालयका पुगेर मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
त्यस अवसरमा उपकुलपति बाँस्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराए ।