काठमाडौं । सडक फराकिलो बनाएर व्यवस्थित गर्ने कामका लागि मुग्लिन–नारायणगढ सडक निश्चित समयका लागि एक महिनासम्म बन्द रहने भएको छ ।

आगामी पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने जनाइएको छ । उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काटेर फराकिलो बनाउन लागिएको हो ।

त्यस क्रममा एक महिनासम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाने खण्डमा चारवटा पुल अप्ठ्यारो पहाड काटेर निर्माण गर्नुपर्ने भएकाले केही समयका लागि सवारी आवागमन बन्द गरिएको सडक विभागले जनाएको छ । त्यस क्षेत्रमा केही पुल पनि निर्माण गरिने भएको छ ।

सडक विभागले जारी गरेको सूचना–

77
Shares
२७ मंसिर २०७९, मंगलवार १७:१०