काठमाडौँ । पुस २९ गतेबाट फिल्म ‘गुञ्जन’ प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचारमा सक्रिय बनेको निर्माताले फिल्मको नयाँ पोष्टर सार्वजनिक गरेका छन् ।

पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमसहित सरोज खनाल, हिउँवाला गौतमलगायतको अभिनय देख्न सकिने छ।

यसैगरी, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेसहितका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्ने जनाइएको छ ।
28
Shares
२७ मंसिर २०७९, मंगलवार १५:०२