इटहरी । इटहरीका युवाले विपन्न वर्गलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरेका छन् । ‘स्वतन्त्र अभियान’ अन्तर्गत विपन्न समुदायका लागि कपडा वितरण गरिएको हो ।
‘दि चिया ब्योज’सँग सहकार्य गरेर डा. पहेन्द्र साह, अनिलकुमार खड्का र सरोज नेपाल लगायतका ४० जना भन्दा बढी युवाले दाताहरुबाट कपडा संकलन गरी वितरण गर्ने गरेका छन् ।
‘पुराना तथा लगाउन मिल्ने खालका लुगाहरु सफा गरी दिन इच्छुकलाई भनेका छौं, खड्काले भने ‘फेसबुकको म्यासेन्जर ग्रुपबाट र प्रत्यक्ष रुपमा पनि यस्तो सहयोगको माग गरेका छौं ।’कोभिड—१९ मा लकडाउनका बेलादेखि ड्रिम्स एन्ड अचिभर नाम गरेको म्यासेन्जर ग्रुप सचालन गर्दै आएको बताउँदै उनले त्यसैमार्फत सहयोग संकलन भइरहेको बताए । उक्त ग्रुपमा ५०० भन्दा बढी सक्रिय सदस्य रहेको उनले जानकारी दिए ।
उनी शिक्षक भएकाले आफना विद्यार्थीबाट सामाजिक सेवाका लागि उल्लेखनीय सहयोग पाएका छन् ।खड्काले सुन्सरी २ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचनमा पराजित भए पनि उनी सामाजिक सेवामा सक्रिय रुपमा लागेका छन् ।
यस ससंदीय निर्वाचनमा सहभागी भइ पराजित भएका डा. पहेन्द्र साह, सरोज नेपाल र खड्काले स्थानीय ४० भन्दा बढी युवाहरुसँगको सहकार्यबाट न्यानो कपडा अभियान चलाएका छन् ।