विराटनगर । बैंकको चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिले सिर्जना भएको कठिनाइबारे सरोकारवालाबीच छलफल गरिएको छ ।
मोरङ व्यापार सघंले आयोजना गरेको छलफलमा व्यवसायी र आर्थिक क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ तथा ती संस्थाका पूर्वपदाधिकारीको सहभागिता रहेको कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको थियो ।
सहज वातावरण नबनाए संयुक्त रुपमा दबाबमूलक आन्दोलन गर्ने सहमति पनि गरिएको छ ।मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार चर्काे बैक व्याजदर र प्रतिकूल बैकिङ नीतिहरुले सबै वर्ग पीडित भएका छन् ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले दुई दिनभित्र आन्दोलनको खाका कस्तो हुन्छ भने बारेमा छलफल गर्ने बताए ।
संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले अहिलेको सरकारले नै निर्णय लिनु पर्ने बताए । ‘आज उद्योगी व्यवसायी टाट पल्टने अवस्था छ भने भोलि बैंकको पनि त्यस्तै अवस्था आउन सक्छ’ उनले भने ।
(प्रशिक्षार्थी)