काठमाडौं। अष्ट्रेलिया सरकारले नौजना नेपालीलाई ‘अष्ट्रेलिया अवार्ड’ बाट सम्मान गरेको छ। डिसेम्बर ९ मा त्यस्तो सम्मान पाएकाहरु २०२३ को प्रारम्भमा अष्ट्रेलियाका लागि पूर्ण छात्रवृत्तिमा मास्टर डिग्री गर्न त्यहाँ जान सक्ने जनाइएको छ।

उनीहरुलाई हवाई भाडा, जीवनयापन खर्च र चिकित्सा बीमा पनि प्रदान गरिने भएको छ।

सामाजिक समावेशीकरण र लैंगिक समानता पुरस्कारका रुपमा उनीहरुलाई सम्मान गरिएको जनाइएको छ।

उक्त सम्मान पाउनेमध्ये पाँचजना महिला र दुईजना अपांगता भएका व्यक्ति छन्।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त अवार्ड कार्यक्रम सामाजिक समावेशीकरणमा केन्द्रित रहेको बताएका थिए।

नेपाली समाजको समृद्ध विविधताको वास्तविक प्रतिनिधित्व गराउन अवार्डमा नेपालीलाई समावेश गरिएको उनले जनाएका छन्।

लैंगिक समानता, अपांगता भएका व्यक्तिहरुका लागि समावेशीकरण र सामाजिक समावेशीकरण छनोट प्रक्रियाको आधार भएको जनाइएको छ।

14
Shares
२७ मंसिर २०७९, मंगलवार १३:३४