कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहे पनि शेरबहादुर देउवा नेतृत्वकाे सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
अध्यादेशकाे विराेधमा कांग्रेसका वरिष्ठ नेता शेखर काेइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा खुलेर अघि आएका छन् ।मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेकाे बताए ।
हाल मुलुकले स्थायित्व, शान्ति र सम्वृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको मन्त्री कार्कीले बताएका छन् ।