पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। ल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।
दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छन्। मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका छन्।
फ्रान्सले राउण्डअफ १६ मा पोल्याण्डलाई हराएको थियो। यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो।