विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आन्तरिक परीक्षामा उत्कृष्ट हुने  विद्यार्थीलाई ६५ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजले शुक्रबार कलेजका एक कार्यक्रमको आयोजना गरेर विज्ञान संकायका कक्षा ११ र १२ मा उत्कृष्ट हुने ९९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कलेजले पहिलो त्रैमासिक परीक्षामा ५० प्रतिशतभन्दा माथी ल्याउने विद्यार्थीलाई १० देखि ९५ हजार बराबरको छात्रवृत्ति दिएको कलेजका  प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

सधै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजले हरेक वर्ष कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगरसहित पुरस्कृत गर्ने गरेको बताएकाे छ । यसैगरी कलेजले कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई समेत नगदसहित पुरस्कृत गरिएकाे छ ।

उनीहरुलाई कलेजका प्रिन्सिपल खड्का, कलेजका निर्देशक रमेश मण्डल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
28
Shares
२३ मंसिर २०७९, शुक्रबार १५:४८