काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी सुरु गरेको छ ।

१३ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति फागुन १४ गते गर्ने त्रिविको तयारी छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताएका हुन् ।

त्रिविमा विक्रम सम्वत २०६५ देखि नै स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन नसकेको हो ।

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो ।

२०७३ चैत १५ गते देशभरका आंगिक क्याम्पस मध्ये रत्नराज्य क्याम्पस , जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

उपत्यकाकै १३ क्याम्पस र उपत्यका बाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु चुनावका लागि त्रिवि पदाधिकारीले विद्यार्थी संगठनसंग छलफल जारी राखेको जनाएको छ ।

21
Shares
२३ मंसिर २०७९, शुक्रबार १३:२९