भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेशमा विधानसभाका १ सय ८२ मध्ये भाजपा एक्लैले १ सय ५६ सिट जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई चरणमा भएको विधानसभा चुनावमा भाजपाले १ सय ५६ क्षेत्रमा विजयी हुँदा कांग्रेसले १७ क्षेत्रमा जित हात पारेको छ ।गुजरातमा पहिलो चोटी सहभागिता जनाएको आमआदमी पार्टी ५ सिटमा विजयी भएको छ । गुजरातमा सन् १९९५ देखि भाजपाले सरकार चलाउँदै आएको छ ।
यस्तै हिमाचल प्रदेशमा भएको विधानसभा निर्वाचनमा काँग्रेस बहुमतसहित विजयी भएको छ । कुल ६८ निर्वाचन क्षेत्रमा काँग्रेसले ४० सीट प्राप्त गरेको छ ।गुजरातमा लोकप्रिय बहुमतसहित विजयी भाजपा हिमाचल प्रदेशमा दोस्रो पार्टी बनेको छ । भाजपा २५ निर्वाचन क्षेत्रमा विजयी हुँदा अन्य पार्टी ३ स्थानमा विजयी भएका छन् ।
पछिल्लो समय दिल्ली र पञ्जाबमा प्रभाव देखाएको आम आदमी पार्टी आपले भने सो प्रदेशमामा कुनै पनि क्षेत्रमा विजयी हुन सकेन ।